सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

शुक्रबार, १४ असार २०८१, ११ : १२
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार सय एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप