सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

पशुपति सेभिङका सञ्चालकहरुविरुद्ध ५७ करोड रकम अपचलन गरेको उजुरी सीआईबीमा

२६७ जनाले बुझाए जाहेरी
शुक्रबार, १४ असार २०८१, २२ : १२
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । पशुपति सेभिङ एन्ड क्रेडिटका सञ्चालकहरु विरुद्ध बचतकर्ताले सीआईबीमा जाहेरी दर्ता गराइरहेका छन् । ललितपुरमा मुख्य कार्यालय भएको पशुपतिका पूर्व अध्यक्ष सीबी लामा अहिले कारागारमा छन् । उनलाई कारागारबाट झिकाएर अनुसन्धान गरिने सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।

आफ्नो बचत फिर्ता नपाएको भन्दै २६७ जना बचतकर्ताले पशुपति सेभिङका सञ्चालकहरुबिरुद्ध जाहेरी दर्ता गराएका छन् । अहिलेसम्मको अनुसन्धानबाट सीबी लामा सहितका सञ्चालकहरूले ५७ करोड रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको एसपी बोगटीले जानकारी दिए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पशुपति सेभिङ एन्ड क्रेडिटका ५४ जना बचतकर्ताले निवेदन दिएका छन् । जाहेरी आउने क्रम जारी रहेको एसपी बोगटीले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप