आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

स्वरुपाको नयाँ गीत 'मनमा तिम्रो' सार्वजनिक

शुक्रबार, १४ असार २०८१, १० : ०३
शुक्रबार, १४ असार २०८१

काठमाडौँ ।  गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको गीत 'मनमा तिम्रो' सार्वजनिक गरिएको छ ।

प्रेममा विश्वासघात गर्नेहरूसँग आफ्नो चोखो माया साट्न नसक्ने अडान गीतमा गायिकाले गरेकी छन् । स्वरुपाकै  शब्द तथा सङ्गीत रहेको गीतमा राजन इशानको एरेन्ज छ ।

मनमा सजाएको प्रेमीले धोका दिए पनि आफ्नो जीवनको साहसिक यात्रा गर्न रुचाउने एक चेलीको कथालाई भिडियोको देखाइएको छ । भिडियोमा गायिका स्वरूपा र विकाश लामिछानेको अभिनय छ । भिडियोमा स्वरुपासँगै विकाश गज्जबले खुलेका छन् । 

सुब्रत आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र  विकाश दाहालको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप