आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो, सडक अवरुद्ध हुँदा सवारी साधन आवागमनमा समस्या

शुक्रबार, १४ असार २०८१, ०९ : ३८
शुक्रबार, १४ असार २०८१

सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको दैलेख खण्ड अन्तर्गत विभिन्न पाँच वटा ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको हो । 

दैलेख प्रहरी प्रमुख डीएसपी सुनिल न्यौपानेले पालेतडा–पादुका खोला–बिचको खण्डमा पाँच वटा ठाउँमा पहिरो गएको छ । ‘कतै पहिरोले अवरुद्ध छ कतै पहिरो पछिको लेदोका कारण अवरुद्ध छ,’ उनले रातोपाटीसँग भने, ‘अवरुद्ध सडक खुलाउनका लागि नेपाल प्रहरी, जनपद प्रहरी र सशस्त्रको टोली उक्त स्थानतर्फ गइरहेको छ ।’

सडक अवरुद्ध भएसँगै सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीबाट सुर्खेत फर्किँदै गरेका सवारी साधनहरू बिच बाटोमै रोकिएका छन् । 

यस्तै राजमार्गको दहिखोला र कालेखोलाको बिचमा पनि एक ठाउँमा बाटो अवरुद्ध भएको छ । कतिबेलासम्म सडक सुचारु हुने हो निश्चित भने छैन । 

पानी पर्न सुरु भएसँगै कर्णाली राजमार्ग हिलाम्ये हुन सुरु भएको छ । विशेषगरी राजमार्गको दैलेख खण्ड जीर्ण बन्दै गइरहेपनि स्तरोन्नति हुन सकिरहेको छैन । दहिखोला भन्दा माथि जुम्लासम्मको सडक भने डबल कटिङ्ग भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप