आज यी जिल्लामा बाढीको जोखिम

काठमाडौं । आगामी केही दिनमा मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ मनसुन सक्रिय हुनेछ । मनसुन भित्रिएको आधा महिनापछि देशभर एकसाथ सक्रिय हुने देखिएको हो ।
जसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनी वायूको प्रभावले शुक्रबारदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाले लुम्बिनी र गण्डकीका एकरदुई स्थानमा अति भीषण (धेरै भारी) वर्षा हुनसक्ने बताएको छ । मौसम पूर्वानुमान महाशाखाले कोशीको पूर्वी क्षेत्र तथा गण्डकी र लुम्बिनीमा बाढीपहिरोसहितका विपतका घटनाका हिसाबले ‘रेडजोन’मा राखेको छ । महाशाखाले कोशीको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटा, संखुवासभा क्षेत्रमा बाढीपहिरोको जोखिम भनेको हो ।
शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक पूर्व तयारी गर्न तथा सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रदेशमा राति पानी पर्ने सम्भावना
-
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने
-
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
-
क्यानको वर्गीकरण : अनिल साह 'बी' मा उक्लिँदा कुशल भुर्तेल 'ए' बाट झरे
-
पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा
-
बागमती सरकारले लेखापरीक्षण र साधारणसभा नगर्ने सहकारीको जोखिम नियन्त्रण गर्ने