आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
सन्दर्भ : मदन भण्डारीको जन्मजयन्ती

*मदन भण्डारीको टिमका नेताहरू को कता ?

शुक्रबार, १४ असार २०८१, ०८ : ३९
शुक्रबार, १४ असार २०८१

काठमाडौँ । नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशन २०४९ माघ १४ गतेदेखि २० गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । प्रज्ञा भवन कमलादीमा भएको बन्दसत्रले तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) अनुमोदन गरेको थियो ।

महाधिवेशनले भण्डारीलाई महासचिवमा चयन गरेको थियो । यद्यपि जबजको सम्बन्धमा चन्द्रप्रकाश मैनाली, झलनाथ खनाल लगायत नेताहरूले चर्को विरोध गरेका थिए ।

२०४६ को संयुक्त जनआन्दोलनपछि २०४८ को आमनिर्वाचनमा एमालेले ६९ सिट प्राप्त गरी प्रमुख विपक्षी दलको हैसियत प्राप्त गरेको थियो । उक्त निर्वाचनमा भण्डारी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ र ५ बाट निर्वाचित भएका थिए । बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै उनी थप चर्चामा आएका थिए ।

भण्डारीले प्रतिपादन गरेको जबजलाई एमालेले अहिलेसम्म अङ्गीकार गर्दै आएको छ । पाँचौँ महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

त्यतिबेला ४४ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो । जसमा १२ जना स्थायी कमिटी, २४ जना केन्द्रीय सदस्य र ७ जना वैकल्पिक केन्द्रीय सदस्य थिए ।

२०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी महासचिव भण्डारीको निधन भएपछि केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई कार्यवाहक महासचिव चयन गरेको थियो ।

त्यतिबेला केन्द्रीय कमिटीमा रहेका महासचिव भण्डारीसहित अध्यक्ष अधिकारी, स्थायी कमिटी सदस्यहरू जीवराज आश्रित, भरतमोहन अधिकारी र साहना प्रधानको निधन भइसकेको छ । यस्तै केन्द्रीय सदस्यहरू प्रेमसिंह धामी, सलिम अन्सारीको पनि निधन भएको छ । बाँकी केहीले नयाँ पार्टी खोलेका छन् भने केही राजनीतिमा निष्क्रिय छन् । केही भने अन्य पार्टीमा प्रवेश गरेका छन् । सिद्धिलाल सिंह भने अहिले स्वतन्त्र रहेका छन् ।

को को थिए मदनको टिममा ?

१.मनमोहन अधिकारी– अध्यक्ष (मृत्यु)

२.मदन भण्डारी– महासचिव(मृत्यु)

स्थायी कमिटी(१२)

३.माधवकुमार नेपाल (एकीकृत समाजवादी अध्यक्ष )

४.जीवराज आश्रित (मृत्यु)

५.खड्गप्रसाद ओली– (एमाले अध्यक्ष)

६.चन्द्रप्रकाश मैनाली– (माले महासचिव)

७.अमृत बोहरा (एमाले)

८.भरतमोहन अधिकारी (मृत्यु)

९.मोहनचन्द्र अधिकारी (स्वतन्त्र)

१०.वामदेव गौतम– (अध्यक्ष, नेकपा राष्ट्रिय एकता अभियान)

११.राधाकृष्ण मैनाली (स्वतन्त्र)

१२.साहना प्रधान (स्थायी कमिटी) मृत्यु

केन्द्रीय सदस्य (२४)

१३.अशोक राई– (अध्यक्ष, जसपा)

१४.अष्टलक्ष्मी शाक्य (एमाले)

१५.ईश्वर पोखरेल (एमाले)

१६.काशीनाथ अधिकारी (एमाले)

१७.किरण गुरुङ (एमाले)

१८.केशव बडाल (एमाले)

१९.केशवलाल श्रेष्ठ (एकीकृत समाजवादी)

२०.गुरु बराल (एमाले)

२१.गोपाल शाक्य (एमाले)

२२.गोविन्द कोइराला (एकीकृत समाजवादी निकट)

२३.जितेन्द्र देव (कांग्रेस)

२४.झलनाथ खनाल (एकीकृत समाजवादी)

२५.प्रदिप नेपाल (निष्क्रिय)

२६.प्रेमसिंह धामी (मृत्यु)

२७.मुकुन्द न्यौपाने (एमाले)

२८.मोदनाथ प्रश्रित (निष्क्रिय)

२९.युवराज ज्ञवाली (एमाले)

३०.राजेन्द्र श्रेष्ठ (जसपा)

३१.वाचस्पसति देवकोटा (एमाले)

३२.विष्णु पौडेल (एमाले)

३३.सलिम अन्सारी (मृत्यु)

३४.सीतानन्दन राय

३५.सिद्धिलाल सिंह (स्वतन्त्र)

३६.सुरेन्द्र पाण्डे (एमाले)

३७.त्रिलोचन ढकाल(केन्द्रीय सदस्य)

वैकल्पिक केन्द्रीय सदस्य (७) जना

३८.देवराज घिमिरे (एमाले)

३९.प्रेमबहादुर सिंह (एमाले)

४०.भीमबहादुर कडायत (स्वतन्त्र)

४१.शान्ता मानवी (एमाले)

४२.सानु श्रेष्ठ (एमाले)

४३.हिरण्यलाल श्रेष्ठ (स्वतन्त्र)

४४.हेमराज राई (वैकल्पिक केन्द्रीय सदस्य) एमाले

*(यसअघि सिद्धिलाल सिंहबारे अन्यथा भएकोले क्षमायाचनासहित सच्याइएको छ । – सम्पादक) 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप