कोशी, बागमती र गण्डकी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेरको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला
-
हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु
-
नाडा अटो शो २०२५ को रजिस्ट्रेसन सुरु
-
नागरिकलाई गुणस्तरीय सेवा दिन सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री लामा