आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
बालुवाटार बैठक

प्रचण्डको ब्रिफिङ : टीआरसीसम्बन्धी विधेयक पारित गर्नका लागि तीन दिनभित्र अन्तिम रुप दिने समझदारी भयो

बिहीबार, १३ असार २०८१, २२ : ३१
बिहीबार, १३ असार २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिमा रहेको टीआरसीसम्बन्धी विधेयक पारित गर्नका लागि तीन दिनभित्र अन्तिम रुप दिनेगरी समझदारी भएको बताएका छन् । 

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका नेताहरु, पूर्वमहान्यायाधिवक्ताहरुका साथै अन्य सरोकारवालसहितको बैठकमा विधेयक पारित गर्नका लागि अबको तीन दिनमा अन्तिम रुप दिने र बाँकी काम टुंग्याउने समझदारी भएको प्रचण्डले बताएका हुन् । 

उक्त बैठकलगत्तै माओवादी केन्द्र निकट एसिया प्रदेश संगठन समितिको प्रशिक्षणात्मक बैठकमा सम्बोधन गर्ने क्रममा प्रचण्डले टीआरसीसम्बन्धी विधेयकलाई पारित गर्न दलहरुका बीचमा राम्रो सहमति जुटेको ब्रिफिङ गरेको एक नेताले जानकारी दिए । 

‘आज तीन वटा पार्टीका नेताहरुको बैठक शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनेबारेको बैठक थियो’, प्रचण्डले बैठकमा भएको कुराकानीबारे ब्रिफिङ गर्दै भने, ‘लामो समयदेखि छलफल हुँदै आएको  टीआरसीसम्बन्धी जुन मुद्दा छ । लामो समयको प्रयासपछि नेपाली कांग्रेस र एमालेसँग पनि गृहकार्य गरेर एउटा निर्णयजस्तो गरेका छौँ । अब तीन दिनमा विधेयकलाई पारित गर्न अन्तिम रुप दिने र बाँकी काम टुंग्याउने भन्ने राम्रो परिस्थिति बनेको छ ।’

उनले टीआरसीको विषयलाई टुंग्याउन बिहीबारको बैठकमा निकै राम्रो बहस भएको पनि प्रचण्डले बताएको ती नेताको भनाइ छ ।  ‘शान्ति सम्झौता र अहिलेसम्को उपलब्धीको विषयमा छलफल राम्रो भएको छ । सबै राजनीतिक दल र आम जनताको निम्तिपनि यो विषय दुरगामी र रणनैतिक प्रकृतिको मृद्दा हो । यो नटुंग्याए धेरै समस्या हुन्छ । अब यो प्रक्रिया टुंगिनेतिर जान्छ भन्ने विश्वास भएको छ,’ प्रचण्डले बैठकमा भनेको उदृत गर्दै ती नेताको भनाइ छ । 

प्रचण्डले बैठकले तीन जना नेतालाई अन्तिम ड्राफ्टका लागि दिने कुरा भएको र आजैबाट टीआरसीको विषय समाधानतिर गएको महसुस भएको उत्साहित हुँदै बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप