माधवलाई सर्वसम्मत अध्यक्ष र घनश्यामलाई महासचिव बनाउन सातै प्रदेशका अध्यक्ष एकमत

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को १० राष्ट्रिय महाधिवेशनमार्फत माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउन सो पार्टीका सातै प्रदेशका अध्यक्षहरू सहमत भएका छन् । नेता सोमप्रसाद पाण्डेका अनुसार छलफलमा घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई अधिकारसहित सम्मानित नेतामा सर्वसम्मत गर्न प्रदेश अध्यक्षहरू सहमत भएका हुन् ।
सातै प्रदेशका प्रदेश अध्यक्षहरूले बिहीबार बेलुका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग छुट्टाछुट्टै छलफल गरेपछि सहमतिमा माधव नेपालकै नेतृत्वमा नयाँ नेृत्व चयन गर्न सहमत भएका हुन् ।
बिहीबारको छलफलमा कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीराम बराल, बागमतीका सावित्री भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह सहभागी थिए । त्यस्तै उपत्यका विशेषका केदार सञ्जेल समेत उक्त छलफलमा सहभागी थिए ।
‘हामी भूगोलका सातै प्रदेश अध्यक्ष र उपत्यका विशेषसहित आठ प्रदेशका अध्यक्षले तीन नेतालाई सर्वसम्मत गर्ने गरी सहमत भयौँ’, नेता पाण्डेले रातोपाटीसँग भने, ‘शुक्रबार बिहान पुनः हामी नेपाल, खनाल र भुसालसँग बस्दैछौ ।’
एकीकृत समाजवादीको महाधिवेशन असार १६ बाट सुरु हुँदैछ । सो पार्टीको बिहीबारै बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको छ । बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ र २१ सदस्यीय पदाधिकारीमध्ये महिला एक उपाध्यक्ष अनिवार्य बनाउने निर्णय गरेको छ ।
सो पार्टीले यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव परिवर्तन गर्दै २९९ बनाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने
-
अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक
-
कोशी प्रदेश लगानी सम्मेलन : संघीय सरकारलाई उछिन्ने गरी लगानी प्रतिबद्धता हुने दाबी
-
उल्टो बाटोमा जसपा नेपाल : महाधिवेशनपछि पालिका, जिल्ला र प्रदेशको अधिवेशन