आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

राप्रपा उपत्यकामा संगठन विस्तारमा लाग्ने,  विभागको सदस्य सचिवमा लावती

बिहीबार, १३ असार २०८१, २० : २९
बिहीबार, १३ असार २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुन सुन्दर लावतीले संगठन विभागको सदस्य सचिवको समेत जिम्मेवारी पाएका छन् ।

राप्रपा महामन्त्री एवं संगठन विभाग प्रमुख धवल शम्सेर राणाले बिहीबार लावतीलाई संगठन विभाग, सदस्य सचिवको पदमा मनोनयन गरेका हुन् । यसैबिच राप्रपाको संगठन विभागले काठमाडौँ उपत्यकाभित्र रणनीतिक रूपमा संगठन विस्तार गर्ने कार्यक्रम तय गरेको छ ।

काठमाडौँ उपत्यकाभित्रका महानगरपालिका, नगरपालिका र गाउँपालिका तहसम्म रणनीतिक पहुँच कायम राख्दै संगठन विस्तार कार्यक्रम अघि बढाउने निर्णय गरेको हो ।

विभाग प्रमुख राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले संगठन केन्द्रित अभियान असार १९ गते आरम्भ गर्ने निर्णय लिएको छ ।

प्रवक्ता एवं संगठन विभागका सदस्य सचिव लावतीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न हुने उक्त रणनीतिक भेलामा राप्रपाका बागमती प्रदेश संयोजक, बागमती प्रदेश समिति अध्यक्ष, उपत्यकाभित्रका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सांसद, काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका अध्यक्ष तथा सचिवहरू, क्षेत्रीय अध्यक्ष तथा प्रदेश सभा अध्यक्षहरू, महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहनेछ ।

उक्त रणनीतिक भेलापश्चात् वडा तहसम्मको सक्रिय सहभागिता कायम राखी उपत्यकाभित्रका सबै महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरूमा प्रभावकारी रूपमा कार्यक्रमहरू सम्पन्न गरिनेछ । यस क्रममा पार्टी संगठनका बृहत् आयाम र लक्ष्यहरू केन्द्रमा राखिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप