आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो दयाहाङको ‘घरज्वाइँ’

बिहीबार, १३ असार २०८१

काठमाडौँ । असार २८ गतेदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा एक युवाले बिहेको लागि गर्ने संघर्षको कथा देखाउन खोजिएको छ । ट्रेलरले दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउन सफल देखिन्छ । 

फिल्मको निर्देशक अनिल बुढामगरले गरेका हुन् । मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारित फिल्मबाट विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने निर्माता जनक घर्तीमगरले बताए । 

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म पूर्वी रुकुम आसपासमा छायांकन भएको हो । निर्देशक अनिलकै कथा रहेको फिल्ममा निर्देशकलाई पटकथा तथा संवाद लेखनमा विनोद खतिवडा र सुभाष कोइराला साथ दिएका छन् । 

फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढामगर, सुनिल मगर लगायतको अभिनय छ । फिल्म आरआर फिल्मसले वितरण गर्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया