प्रदेश सडक गुरु योजना आवश्यक अनुसार कार्यान्वयनमा ल्याइने छ : मन्त्री दुलाल

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल ‘शरद’ले प्रदेश सडक गुरु योजना आवश्यक अनुसार कार्यान्वयनमा ल्याएको बताएका छन् । उनले प्रदेश सडक गुरु योजनामा बजेटको ठुलो हिस्सा समावेश गरिएको बताए ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दुलालले गुरुयोजना अनुसार २० प्रदेश लोक मार्ग र २३० प्रदेश मार्ग समावेश गरिएको बताए । उनका अनुसार गुरुयोजना अन्तर्गतमध्ये १६ वटा प्रदेश लोक मार्ग र १३४ वटा योजनाहरूमा १० अर्ब रुपैयाँ बजेट समावेश गरिएको छ ।
‘प्रदेश सरकारले ठुला आयोजनामा बढी बजेट विनियोजन गरेको छ । प्रदेश सडक गुरुयोजना बाहेक ४०७ वटा सडक आयोजनाहरू ५० लाख रुपैयाँभन्दा बढीको रहेको छ । जसमा १५ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘प्रदेश सरकारले सडक पूर्वाधारलाई विकासको लयमा पुर्याउने गरी गुरु योजना कार्यान्वयनमा ल्याइएको छ । प्रदेश सडक गुरुयोजना अन्तर्गत रहेको सडक आयोजनामा ६ हजार ३४३ किलोमिटर लम्बाइमध्ये १ हजार किलोमिटर पक्की रहेको छ । क्रमिक रूपमा उक्त सडकलाई पक्की बनाउने काम भइरहेको छ ।’
प्रदेश सरकारले दिगो विकासलाई लक्षित गरेर योजनाहरू बजेट विनियोजन गरेको उनले बताए । सडक पूर्वाधारको कामलाई सहजता प्रदान गर्न जिल्लागत रूपमा पूर्वाधार विकास कार्यालयहरू स्थापना गरिएको उनले बताए । मकवानपुर राजधानीको जिल्ला भएकाले बढी बजेट विनियोजन हुनु स्वाभाविक रहेको उनले बताए । बहुवर्षे आयोजनाले विकासको प्रतिफल प्राप्त गर्न सकिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ