भारतमा पनि ‘एक देश एक चार्जर’ लागू हुन सक्ने
बिहीबार, १३ असार २०८१, १७ : ५३

नयाँ दिल्ली । यूरोपेली संघ (ईयू)मा जस्तै भारतमा पनि एक चार्जर नियम लागू हुन सक्ने बताइएको छ । ई–वेष्ट कम गर्न यस्तो कदम उठाउन लागिएको हो ।
स्थानीय सञ्चार माध्यममा छापिएका समाचारलाई पत्याउने हो भने सरकारले कमन चार्जिङ पोर्ट नियम लागू गर्नेबारे विचार गरिरहेको छ । यो नियम लागू भएपछि सबै स्मार्टफोन र ट्याबलेटका लागि एकै खालको चार्जिङपोर्ट जरुरी हुनेछ ।
सरकारले टाइप–सी चार्जिङ पोर्टलाई कमन बनाउन सक्ने बताइएको छ । सन् २०२२ मा ईयूले यस्तो नियम पारित गरेको थियो । त्यसपछि एप्पलले पनि त्यहाँ आफ्ना उपकरणमा टाइप–सी चार्जिङ पोर्ट दिनु परेको थियो ।
भारत सरकारले यो वर्षको अन्त्यसम्ममा यसबारे घोषणा गर्न सक्ने बताइएको छ । खबरका अनुसार त सरकारले ल्यापटपमा पनि टाइप–सी चार्जर अनिवार्य बनाउन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प स्मृति दिवसका दिन धरहराबाट काठमाडौँ नियाल्दा जे देखियो, तस्बिरहरू
-
अराजकता चाहने शक्तिहरूले समाजलाई अस्थिर बनाउन खोजिरहेका छन् : एमाले
-
एक हप्ताभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
-
राष्ट्रियसभा बैठक : सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित
-
धरहरामा भूकम्प स्मृति सभा (तस्बिरहरु)
-
तस्बिरमा हेर्नुहोस् संघीय संसद्को बजेट अधिवेशन