आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारको प्रवक्ताको जिम्मेवारी विनोदकुमार शाहलाई

बिहीबार, १३ असार २०८१, १७ : ४१
बिहीबार, १३ असार २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारको जिम्मेवारी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई उक्त जिम्मेवारी दिएको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।

शाह पनि एमालेबाट मन्त्री भएका व्यक्ति हुन् । एमालेभित्र कँडेलविरुद्ध गुट बनाइरहेका शाहलाई कँडेलले खासै विश्वास मान्ने गरेका छैनन् । यद्यपि यो पटक आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन भएकाले शाहलाई नै जिम्मेवारी दिइएको स्रोत बताउँछ ।

मन्त्री नियुक्तको बेला पनि शाहले सुरुमा अस्वीकार गरेर कँडेलविरुद्ध पार्टी केन्द्रमै पुगेका थिए । यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव रविलाल शर्मालाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । कानुन सचिव ध्रुव घिमिरेले सरुवा भएदेखि कानुन मन्त्रालय सचिवविहीन अवस्थामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप