एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष पद थप्ने, केन्द्रीय कमिटीको आकार पनि बढ्यो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने भएको छ । बिहीबार पार्टी कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।
योसँगै वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन् । सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ । त्यस्तै, बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय पनि गरेको छ । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको थियो ।
एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौँमा हुँदैछ । सो पार्टीले केन्द्रीय पदाधिकारी २१ जना बनाउन प्रस्ताव गर्ने र वरिष्ठ उपाध्यक्ष र सम्मानित नेताको पद कायमै राख्ने भएको छ ।
उपाध्यक्षमा एक जना महिला उपाध्यक्ष सुरक्षित गर्ने निर्णय गरेको प्रचार विभाग जगन्नाथ खतिवडाले जानकारी दिए । साथै यसअघिको व्यवस्थाअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्ने निर्णयलाई खारेज गरेको छ । साथै बैठकले महाधिवेशनमा विशिष्ट नेताहरूलाई सम्मान गर्ने पनि सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन