१८ लाखभन्दा बढी कृषक सूचीकृत
बिहीबार, १३ असार २०८१, १७ : ०४

काठमाडौँ । देशभरका १८ लाख ८१ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये १८ लाख ८१ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका हुन् ।
किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा/सुविधा/अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणालीमा प्रवृष्ट गरिएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाश कुमार सन्जेलले बताए ।
विद्युतीय प्रणालीमा सूचीकरण भएका आधारमा कृषक परिवारलाई किसान वर्गीकरण, परिचयपत्र, किसान पेन्सन योजना, किसान हित कोष स्थापना लगायत कार्य हुनेछ ।
विद्युतीय प्रणालीमा सूचीकृत किसान सूचीकृत गरिएमा कृषिको लगानी सही सदुपयोग हुने अपेक्षा समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदिमा डुबेर बेपत्ता तीन जना मध्ये एक जनाको शव फेला
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’बारे छानबिन गर्न समिति गठन
-
ठुलै विपत्ति र प्रलय आए मात्रै एनआरएनएको एकता महाधिवेशन रोकिन्छः घले
-
शिक्षामन्त्रीको राजीनामाबारे महेश बस्नेतले भने - स्वयं मन्त्री कै कमजोरीको संकेत हो