आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ नेपाल आउने

बिहीबार, १३ असार २०८१, १६ : ५३
बिहीबार, १३ असार २०८१

काठमाडौँ । विश्वको प्रतिष्ठित डिजाइन हाउस शंघाई लन्च अटोमोटिवको पहिलो प्रिमियम एसयूभी एलईभी ०१ को आधिकारिक बिक्रेतमा वेबोर ग्रुप अन्तर्गतको नेक्सन भेचर्स  नियुक्त भएको छ।
वेबर ग्रुपले नेक्सन भेन्चर्स शाङ्हाईको आधिकारिक वितरक बनेको घोषणा गरेको छ। 

शंघाई लन्च अटोमोटिवले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रिमियम एस.यू.भी. एलईभी ०१ नेपालमा ल्याउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वेबर ग्रुपले नेपाली बजारमा LEV 01 को सुरुवात गर्दैछ, जसले विद्युतीय सवारीको भविष्यतर्फको सकारात्मक कदम चालेको छ। 

यसले वातावरणमैत्री ड्राइभिङ अनुभव उपलब्ध गराउने छ र नेपाली अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

 यसले उच्च गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य राखेको कम्पनीको भनाइ छ । 

प्योर ईवी प्लेटफार्ममा निर्मित प्रिमियम इलेक्ट्रीक एस.यू.भी एल ई भी -०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम, उचाई १६५५ एमएम रहेको छ । यसको ह्वीलबेस २७६० एमएम छ । १९ इन्चको ह्वील रहेको एल ई भी -०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ । 

यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ । यसले ५००+ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप