संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले संघीय सञ्चित कोष २ खर्ब १६ अर्ब रुपैयाँले घाटामा रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले संघीय सञ्चित कोष २ खर्ब रुपैयाँभन्दा बढीले घाटामा रहेको जानकारी गराएका हुन् ।
प्रदेश र स्थानीय तहमा २ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी रकम छ । ‘हामी प्रदेश र स्थानीय तहमा रकम पठाउने, खर्च नहुने स्थिति छ,,’ अर्थमन्त्री पुनले भने, ‘देशभरको कोषमा हेर्दा घाटामा छैन । तर संघीय कोष घाटामा छ, प्रदेश र स्थानीय तह नाफामा छन् ।’
यसरी प्रदेश र स्थानीय तहमा रहने रकमलाई व्यवस्थित गर्ने अर्थमन्त्री पुनले बताए । उनले भने, ‘वित्त आयोगसँगको समन्वयमा खर्च गर्न नसक्ने स्थानीय तह र प्रदेशबाट संघमा रकम फिर्ता लिने व्यवस्था खोजिँदै छ ।’ यसका लागि कानुन निर्माणमा सरकारले काम गर्ने तयारी गरेको पुनले बताए ।
‘खर्च गर्ने स्थानीय तह र प्रदेशलाई थप रकम पठाउने र खर्च गर्न नसक्नेबाट खिच्ने योजना सरकारको छ,’ अर्थमन्त्रीले भने, ‘खर्च गर्न नसक्ने प्रदेश र स्थानीय तहको खातामा रकम राखेर झनै पुरस्कृत गरिरहेको जस्तो भइरहेको छ ।’ विनियोजन विधेयकमा यो विषय नरहेपनि केन्द्रीय कोषमा सो रकम आउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कस्तो फल ?
-
किन आवश्यक छ सामाजिक सुरक्षा कोष ?
-
च्याम्पियन्स लिग : बार्सिलोना र इन्टर मिलानबीच कडा टक्कर
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस