आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

विनियोजन विधेयक, २०८१ राष्ट्रिय सभामा प्रस्तुत

बिहीबार, १३ असार २०८१, १५ : २०
बिहीबार, १३ असार २०८१

काठमाडौँ । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ ।  राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् ।

उनले आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको बताए ।

उनले विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे ।

‘आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको हो । प्रस्तुत विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक, २०८१ लाई यस सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु’, अर्थमन्त्री पुनको भनाइ छ ।

राष्ट्रिय सभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप