युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा परेन : मन्त्री मगर

हेटौँडा । बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले बजेटमा युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा नपरेको बताएकी छन् । उनले युवा र खेलकुद क्षेत्रको योजनाको माग, प्रथमिकताअनुसार मन्त्रालयले बजेटको सिलिङ प्राप्त गर्न नसेकको बताइन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले प्रदेश सरकारले खेलकुद क्षेत्रमा न्यूनतम बजेट दिएको बताइन् । उनका अनुसार मन्त्रालयले गौतम बुद्ध रंगशाला, गौरीटार रंगशाला, चौतारा रंगशाला, सिन्धुली रंगशाला गरी मन्त्रालयको १५ वटा बहुवर्षे योजना रहेको छ । ती योजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको उनले बताइन् ।
‘मन्त्रालयले गत सरकारले स्रोत सुनिश्चितालाई निरन्तरता दिएर बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले अघि बढाएको बहुवर्षे योजनालाई पूर्णता दिन सक्दा खेलकुद क्षेत्रमा पूर्वाधार तर्फ महत्वपूर्ण उपलब्धी हुन सक्छ भएकाले बजेट विनियोजन गरिएको छ’ उनले भनिन् ।
मन्त्रालयले १३ जिल्लामा युवा तथा खेलकुद परिषद्को संरचना परिचालन गरी सीप सिकाएर युवाहरुलाई स्वरोजगार बनाउने योजनामा काम भइरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
-
माओवादीले आपत्ति जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित
-
हुम्लाको रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते
-
२१ क्याम्पसको स्ववियु सभापतिमा माओवादीनिकट क्रान्तिकारी निर्विरोध
-
गढवा गाउँपालिकाको नवौँ स्थापना दिवस मनाइयो
-
बागमतीमा राजस्व बढाउन गठित अध्ययन समितिले थाल्यो काम