बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, १३ असार २०८१, १४ : ३६

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले बल्खुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज घर भएका ३६ वर्षीय अनिलकुमार गुप्ता छन् ।
उनीविरुद्ध पासाङ डोमा शेर्पाले जाहेरी दिएका थिए । आरोपीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।