चेक बाउन्स मामिलामा फसे राजपाल यादव, जेल जाने सम्भावना

नयाँ दिल्ली । बलिउड अभिनेता राजपाल यादव चेक बाउन्स मामिलामा फसेका छन् । अभिनेता यादवलाई २९ मेमा दिल्लीको कडकडडूमा अदालतले २९ जुनभित्र १४ करोड भारु जम्मा गर्न आदेश दिएको थियो । यो आदेश पालना नभएमा राजपाल जेल जान सक्नेछन् । राजपालले यस विषयमा अहिले कुनै प्रतिक्रिया दिएका छैनन् ।
राजपालले सन् २०१० मा ‘आता पता लपता’ फिल्म बनाउन आफूसँग ५ करोड भारु ब्याजमा लगेको मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडका निर्देशक उद्योगी माधौगोपाल अग्रवालले बताएका छन् । ब्याजसहित सो कर्जा १० करोड भारु पुगिसकेपछि उनले अभिनेतासँग आफ्नो पैसा फिर्ता मागे ।
बारम्बार पैसा मागेपछि राजपालले पनि उनलाई ५ करोड भारुको चेक दिए । तर यो चेक बाउन्स भएपछि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गर्यो । यस मामिलामा राजपाल जेल पनि गएका थिए । मे २९ मा दिल्लीको कडकडडुमा अदालतले राजपाललाई ३० दिनभित्र करिब १४ करोड रुपैयाँ बुझाउन आदेश दिएको छ ।
रकम नतिरे राजपाललाई तीन महिना जेल चलान गर्न अदालतले आदेश दिएको छ । अहिलेसम्म आफूले पैसा न पाएको माधौगोपालले बताएका छन् । राजपालले माधौगोपाललाई सिधै पैसा दिन सक्छन् वा अदालतमा डिमान्ड ड्राफ्ट पेस गर्ने विकल्प पनि उनी सामु छ । यस विषयमा यादवसँग सोध्दा उनले समय आएपछि जवाफ दिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कारपीडित ८ वर्षीया बालिकाको मृत्युपछि बङ्गलादेशमा उग्र भयो प्रदर्शन
-
वुमन्स डे ट्रफी : हङकङलाई हरायो नेपालले
-
स्वास्थ्य बीमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गरिने
-
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा युवक पक्राउ
-
बुमराहको फिटनेस अपडेट, मुम्बईलाई झट्का
-
वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम (तस्बिरहरू)