शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पार्टी कार्यालयमा एकीकृत समाजवादीको सचिवालय बैठक

बिहीबार, १३ असार २०८१, १४ : १२
बिहीबार, १३ असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । बुधबारलाई बोलाएको सचिवालय बैठक बिहीबारलाई सारिएको थियो ।  बैठकमा १० औँ राष्ट्रिय महाधिवेशनको तयारी र भइरहेका कामहरूबारे छलफल भइरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

सो पार्टीको असार १६ बाट सुरु हुने महाधिवेशनमा प्रस्तुत गरिने चार प्रतिवेदनमाथि सातै प्रदेशमा छलफल सकिएको छ । राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनलाई साझा दस्ताबेज बनाउन सबै प्रदेशका मातहतका कमिटीमा प्रतिवेदनमाथि छलफल गर्न पठाइएको थियो । 

सबै प्रदेशले सुझाव समावेश गरी केन्द्रमा पठाएका छन् । प्रतिवेदनमाथि तल्ला तहबाट आएका सुझावलाई कसरी समेट्ने भन्नेबारेमा पनि सचिवालयमा छलफल हुने बताइएको छ । 

सुझाव समावेश गरी चारवटै प्रतिवेदनलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेपछि एउटै दस्ताबेज बनाएर महाधिवेशनमा पेस गर्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप