आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनको चरणमा छ : मन्त्री श्रेष्ठ

बिहीबार, १३ असार २०८१, १४ : ०८
बिहीबार, १३ असार २०८१

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेश स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनको चरणमा रहेको बताएका छन् । उक्त नीति कार्यान्वयन पछि प्रदेशको स्वास्थ्य सेवामा उत्कृष्ट  गुणस्तरीयता वृद्धि हुने उनको भनाई छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको उठेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि तीन तहको सरकारसँग समन्वयको काम भइरहेको बताए । उनका अनुसार प्रदेश सरकारले आयुर्वेदिक औषधालयबाट गुणस्तरीय औषधि उत्पादनको तयारी अन्तिम चरणमा रहेको छ ।

‘मौलिक अधिकारको रूपमा रहेको स्वास्थ्य सेवालाई प्रादेशिक अस्पतालहरूमा प्रदान गरिएको छ । स्थानीय तहबाट प्रदान हुने आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि प्रदेश सरकारले औजार उपकरण, औषधी तथा जनशक्तिको माध्यबाट सहयोग उपलब्ध गराइएको छ ।’ उनले भने, ‘औषधीको नियमन गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आफ्नो क्षेत्रमा संरचना निर्माण गरी अनुगमन गर्ने व्यवस्था ऐनमा नै समावेश गरेर अघि बढाइएको छ । सो संरचना निर्माण पश्चात् सेवालाई प्रभावकारी बनाउने काम भइरहेको छ ।’

मन्त्री श्रेष्ठका अनुसार स्तन र पाठेघरको क्यान्सरको नियन्त्रणका लागि भ्याक्सिन सेवाहरू सञ्चालन, स्कृनिङ्ग तथा उपचारात्मक सेवा प्रदान गर्ने सरकारको तयारी रहेको छ । हेटौँडा अस्पतालमा मानव अङ्ग प्रत्यारोपणको तयारी अन्तिम चरणमा रहेको उनको भनाई छ । प्रादेशिक अस्पतालमा एन आइसियु सेवा, सुत्केरी तथा गर्भवतीका लागि निःशुल्क हवाई उद्धारको कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप