स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनको चरणमा छ : मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेश स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनको चरणमा रहेको बताएका छन् । उक्त नीति कार्यान्वयन पछि प्रदेशको स्वास्थ्य सेवामा उत्कृष्ट गुणस्तरीयता वृद्धि हुने उनको भनाई छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको उठेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि तीन तहको सरकारसँग समन्वयको काम भइरहेको बताए । उनका अनुसार प्रदेश सरकारले आयुर्वेदिक औषधालयबाट गुणस्तरीय औषधि उत्पादनको तयारी अन्तिम चरणमा रहेको छ ।
‘मौलिक अधिकारको रूपमा रहेको स्वास्थ्य सेवालाई प्रादेशिक अस्पतालहरूमा प्रदान गरिएको छ । स्थानीय तहबाट प्रदान हुने आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि प्रदेश सरकारले औजार उपकरण, औषधी तथा जनशक्तिको माध्यबाट सहयोग उपलब्ध गराइएको छ ।’ उनले भने, ‘औषधीको नियमन गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आफ्नो क्षेत्रमा संरचना निर्माण गरी अनुगमन गर्ने व्यवस्था ऐनमा नै समावेश गरेर अघि बढाइएको छ । सो संरचना निर्माण पश्चात् सेवालाई प्रभावकारी बनाउने काम भइरहेको छ ।’
मन्त्री श्रेष्ठका अनुसार स्तन र पाठेघरको क्यान्सरको नियन्त्रणका लागि भ्याक्सिन सेवाहरू सञ्चालन, स्कृनिङ्ग तथा उपचारात्मक सेवा प्रदान गर्ने सरकारको तयारी रहेको छ । हेटौँडा अस्पतालमा मानव अङ्ग प्रत्यारोपणको तयारी अन्तिम चरणमा रहेको उनको भनाई छ । प्रादेशिक अस्पतालमा एन आइसियु सेवा, सुत्केरी तथा गर्भवतीका लागि निःशुल्क हवाई उद्धारको कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वाधिक चासो र चर्चाको ‘नेपाल प्रिमियर लिग’ आजदेखि
-
आज बालाचतुर्दशी, शिवालयमा शतबीज छरिँदै
-
युरो, पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनको मूल्य बढ्यो, कसको कति ?
-
पर्वतारोहणमा जानेहरुलाई पूर्वचेतावनी, यस्तो छ आजको मौसम
-
शुभकार्य र यात्रा कस्तो बेला पारेर गर्ने ? हेरौँ आजको राशिफल
-
बराबरीले ब्राइटनलाई घाटा, झनै पछारियो साउथ ह्याम्पटन