आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

मन्त्रालयस्तरको आयोजना बैंक तयारी अवस्था छ : मन्त्री श्रेष्ठ

बिहीबार, १३ असार २०८१, १३ : ३९
बिहीबार, १३ असार २०८१

हेटौँडा । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री एकलाल श्रेष्ठले मन्त्रालय स्तरको आयोजना बैंक तयारी अवस्थामा रहेको बताएका छन् । उनले योजना आयोगसँग समन्वय गरेर मन्त्रालय स्तरको आयोजना बैंकलाई परिचालन गर्न भूमिका खेल्ने बताए ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै नागरिकको आवश्यकता र अपेक्षालाई समेट्न नसकिएको बताए । स्रोतको अभावका कारण सांसदहरूले माग गरेअनुसार बजेट व्यवस्था गरिएको उनको भनाई छ । बजेटमाथि हुने चलखेलका विषयमा मन्त्रालय र विभागीय मन्त्रीको हैसियतमा आफू सचेत रहेको उनले बताए ।

‘नागरिकको घर घरमा शुद्ध खानेपानी, सिँचाई सुविधा पुर्याउन खानेपानी सरसफाइ सुलभ वर्षको रूपमा मनाउने तयारी छ । सो अनुसार प्रत्येक जिल्लामा समस्या र आवश्यकताका बारेमा प्रदेश सांसद, स्थानीय तह र नागरिकहरूसँग छलफल गरी सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको छ’ उनले भने, ‘मन्त्रालयले बहुवर्षे र साना तथा क्रमागत योजना सञ्चालनको लागि कार्यालयहरूलाई सिलिङ पठाइएको छ । हाल खानेपानीका २० र सतह र भूमिगत सिँचाइका ७३ वटा गरी ९३ वटा योजनाहरू बहुवर्षे आयोजनाको रूपमा रहेको छ । ती योजनामा कुल बजेटबाट विनियोजन गरिएको छ ।’

बजेट छनौट गर्दा खानेपानी र सिँचाइका योजनाको प्राथमिकता तोकिएको उनले बताए । स्थानीय तहको सिफारिस, सांसदहरूको माग र आवश्यकताको आधारमा योजना छनोट गरिएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप