बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल, सेनाका जनरल पक्राउ

ला पाज । बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल भएपछि त्यहाँको प्रहरीले सेना जनरललाई पक्राउ गरेको छ । राजधानी ला पाजस्थित राष्ट्रपति निर्वासमा सेनाले बुधवार कू गर्ने प्रयास गरेको थियो ।
तर सो प्रयास स्पष्ट रूपमै विफल भयो । यसको घन्टौपछि सेनाका जनरल कमान्डर जुआन जोस जुनिगा पक्राउ परे । देशको लोकतन्त्रमाथि भएको हमलाको आफू विरुद्ध भएको राष्ट्रपति लुइस आर्सेले बताएका छन् ।
आर्सेले जुनिगालाई ‘म तपाईंको कप्तान हुँ, र म तपाईंलाई आफ्नो सेना फिर्ता बोलाउने आदेश दिन्छु । म यो अवज्ञालाई अनुमति दिँदै दिन्न’ भनेका थिए । आर्सेको पुनरागमनलाई बोलिभियामा लोकतन्त्रको जित भनिएको छ ।
सैन्य कू को प्रयासप्रति बोलिभियामा व्यापक आक्रोश देखिएको छ । जनताहरू सडकमा सैन्य कू को प्रयासविरुद्ध उत्रिएका थिए । जनसमर्थनका लागि आर्सेले जनतालाई धन्यवाद दिएका छन् । २०२० मा पदभार ग्रहण गरेयता नै आर्सेले संकटग्रस्त सरकारको नेतृत्व गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै
-
लुम्बिनी प्रदेशमा महानगर बनाउने चर्चा कता हरायो ?
-
एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने