आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

मध्यरातमा घरभित्र छिरेको चोरले दम्पतीको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेलिङ गर्न थालेपछि...

बिहीबार, १३ असार २०८१, १२ : १८
बिहीबार, १३ असार २०८१

काठमाडौँ । चोरी गर्ने उद्देश्यले राति अर्काको घरभित्र छिरेको चोरले सोही घरको एक दम्पतीको अन्तरङ्ग भिडियो खिचेर ब्ल्याकमेलिङ गर्न थालेपछि घटनाले नयाँ मोड लिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको छत्तीसगढ राज्यको दुर्ग निवासी २८ वर्षीय विनयकुमार साहु सरकारी जागिर खान चाहन्थे । तर यसका लागि दिएको परीक्षामा उनी सफल हुन सकेनन् ।

त्यसपछि उनी सानोतिनो चोरीमा संलग्न भए । तरकारी बजारतिर डुल्दै उनी ग्राहकको मोबाइल चोरी गर्न थाले । त्यसपछि उनी घरमा पसेर चोरी गर्न थाले । यही क्रममा उनी यसअघि दुई पटक चोरी गरिसकेको घरमा तेस्रो पटक पनि चोरीकै लागि प्रवेश गरे ।

यस क्रममा विनयकुमारले बेडरुममा पति–पत्नीले अन्तरङ्ग पल बिताइरहेको देखे । त्यसपछि उनी झ्यालमा छलिएर सो दृश्यलाई भिडियोमा कैद गर्न थाले ।

भिडियो खिचिसकेपछि बिहान उनले सोही घरका मालिकलाई ह्वाट्सएपमा अन्तरङ्ग भिडियो पठाएर ब्ल्याकमेलिङ गर्न थाले । उनले १० लाख रुपैयाँ नदिए उक्त भिडियो भाइरल गरिदिने धम्की दिए ।

त्यसपछि सो दम्पतीले प्रहरीमा उजुरी गरे । प्रहरीले विशेष टोली परिचालन गरी आरोपितको खोजी सुरु ग¥यो । अन्ततः विनयकुमारलाई पक्राउ गर्न प्रहरी सफल भयो ।

प्रहरीले उनको साथबाट चोरीका तीन वटा मोबाइलसमेत बरामद गरेको छ । प्रहरीले उनको मोबाइलमा खिचिएको अन्तरङ्ग भिडियोसमेत डिलिट गरिदिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप