शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

लालकृष्ण आडवाणी अस्पताल भर्ना

बिहीबार, १३ असार २०८१, १२ : १०
बिहीबार, १३ असार २०८१

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्य समेत रहेका पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणी अस्पताल भर्ना भएका छन् । उनलाई बुधवार साँझ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार उनलाई एम्सको निजी वार्डमा राखिएको छ । यो उनको नियमित चेकअप भएको बताइएको छ ।

उनलाई अहिले युरोलोजी विभागका चिकित्सकको निगरानीमा राखिएको छ । उनको अवस्था स्थिर रहेको बताइएको छ । ३१ मार्चमा राष्ट्रपति द्रौपदी मुर्मु लालकृष्ण आडवाणीको घरमै पुगेर उनलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप