शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

सुन योजनामा शिल्पा–राजमाथि धोकाधडीको आरोप, के भन्छन् वकिल ?

बिहीबार, १३ असार २०८१, १२ : १५
बिहीबार, १३ असार २०८१

नयाँ दिल्ली । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति व्यापारी राज कुन्द्रासँग सम्बन्धित विवाद थामिने कुनै सङ्केत नै छैन । अब कुन्द्रा दम्पत्तिमाथि सुन योजनाको नाममा एक व्यापारीलाई ९० लाख भारु ठगेको आरोप लागेको छ । 

यस विषयमा शिल्पा–राजका वकिलले आधिकारिक बयान जारी गरेका छन् । विज्ञप्तिअनुसार शिल्पा–राजले पहिला नै व्यापारीको ९० लाख भारु चुक्ता गरिसकेका छन् । प्रहरीलाई यसको सबै प्रमाण पनि प्रहरीलाई दिइएको बताइएको छ ।

प्रहरीले अनुसन्धान बन्द गरेको थियो । तर उजुरीकर्ताले प्राइभेट उजुरी दिएकाले अदालतले पुनः अनुसन्धान गर्न निर्देशन दियो । ‘उजुरीकर्ताले मेरा क्लाइन्टहरू राज कुन्द्रा र शिल्पा विरुद्ध २०२२ मा आपराधिक उजुरी दिएका थिए । यस विषयमा सन् २०२२ मा छानबिन भइसकेको थियो । अनुसन्धानका क्रममा शिल्पा र राजले कानुनी माध्यमबाट उजुरीकर्तालाई ९० लाख भारु बुझाइसकेको पाइयो । भुक्तानी सम्बन्धी सबै कागजातहरू मेरा ग्राहकले प्रहरीलाई दिएका थिए । सत्यतथ्य थाहा पाएपछि प्रहरीले मेरा क्लाइन्टहरूलाई न्याय गरेको छ ’। शिल्पा शेट्टी र राजका वकिल प्रशान्त पाटिलले एक आधिकारिक बयानमा भनेका छन् ।

सोधपुछ पछि उजुरीकर्ताले सीआरपीसीको धारा १५६ (३) अनुसार अदालतमा प्राइभेट उजुरी दायर गरेको थियो । २ वर्ष बितिसकेर पनि अदालतले प्रहरीलाई उक्त मुद्दाको पुनः अनुसन्धान गर्न आदेश दिएको तर आफूहरूलाई न्याय प्रणालीमाथि पूरा विश्वास रहेको पाटिलले बताएका छन् । सत्यको जित हुने र आफ्नो क्लाइन्टहरूले कुनै अपराध नगरेकोको उनले बताए ।

के हो पूरै मामिला ?

सन् २०२२ मा पृथ्वीराज सरेमल कोठारीले शिल्पा शेट्टी र राज कुन्द्रामाथि ठगीको आरोप लगाएका थिए । सन् २०१४ को सुन योजना मार्फत पैसा ठगेको उनको आरोप थियो । योजना अन्तर्गत ग्राहकहरूले छुट दरमा प्रारम्भिक भुक्तानी गरेपछि तोकिएको समयभित्र सुन दिइनेछ । यो योजनामा व्यवसायीले पनि लगानी गरेका थिए । तर आफूले वाचा अनुसार नाफा नपाएको उनको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप