मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

डा.मधुसूदन अधिकारीले दिए एनएमबि लघुवित्तबाट राजीनामा

बिहीबार, १३ असार २०८१, ११ : ५४
बिहीबार, १३ असार २०८१

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष डा.मधुसूदन अधिकारीले पदबाट राजीनामा दिएका छन् । 

स्वतन्त्र सञ्चालकको तर्फबाट संस्थाको अध्यक्ष रहेका अधिकारीले आफ्नो व्यस्ततालाई कारण देखाउँदै अध्यक्ष एवं स्वतन्त्र संचालक पदमा निरन्तरता दिन असमर्थ रहेको बताउँदै केही दिन अघि मात्र सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका थिए । 

असार १२ गते बसेको सञ्चालक समितिको १६१औँ बैठकले डा.अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । अध्यक्षको राजीनामाको सन्दर्भमा एनएमबि लघुवित्त वित्तीय संस्थाले नियामक नेपाल राष्ट्र बैंक, एनएमबि क्यापिटल नागपोखरीलाई जानकारी गराएको छ । 

NMB

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप