बिहेको निम्तो दिन सलमान खानको घरमै पुगे अनन्त अम्बानी

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी छिटै राधिका मर्चेन्टसँग विवाह गर्दैछन् । बिहेको दिन नजिकिँदै गर्दा अनन्त निकै व्यस्त देखिएका छन् । अनन्त हालै आफ्नो बिहेको निम्तो दिन आफैँ बलिउड अभिनेता सलमान खानको घरमा पुगेका थिए ।
उनी सुरक्षा गार्डको साथमा बान्द्रास्थित सलमानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेका थिए । सशस्त्र अङ्गरक्षक र सुरक्षाकर्मीहरूले घेरिएका कारहरू सलमानको घर बाहिर लाइन लागेको थियो । बैजनी रंगको परम्परागत पोसाकमा सजिएका हुनेवाला दुलाहाले आफ्नै हातले सलमानलाई बिहेको निम्तो दिएका थिए ।
अनन्त र सलमानबिच निकै राम्रो सम्बन्ध छ । सलमानको घर जानुअघि अनन्त बिहेको निम्तो बाँड्न अक्षयकुमार र अजय देवगनको घरमा गएका थिए । अनन्त र राधिकाको विवाहको तयारी यतिबेला तीव्र रूपमा भइरहेको छ । अतिथिको सूचीमा बलिउड चर्चित स्टार, व्यापारी र अन्तर्राष्ट्रिय सेलिब्रेटीहरू पनि छन् । मिडिया रिपोर्टकाअनुसार विवाह समारोह जुलाई १२ मा सुरु भएर जुलाई १४ मा भव्य पार्टीको साथमा सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश