एसईई नतिजा : गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन् । आज सार्वजनिक भएको एसईईको नतिजा अनुसार विगतका वर्ष झै यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल (एनजी) भएका हुन् ।
बोर्डको तथ्याङ्क अनुसार एक लाख लाख ७७ हजार ९८५ विद्यार्थीको गणित विषयमा एनजी भएका छन् । २०७९ सालको एसईईको नतिजा अनुसार गणित विषयमा एक लाख ८८ हजार ९४ विद्यार्थीको ई ग्रेड आएको थियो ।
१ लाख १ हजार ३८३ विद्यार्थी अंग्रेजी विषयमा एनजी भएका छन् । त्यस्तै १ लाख २६ हजार ९३३ विद्यार्थी साइन्समा एनजी भएका छन् । सोसल स्टडी (सामाजिक अध्ययन) ७३ हजार ८७७ विद्यार्थी एनजी भएका छन् । भने अर्थशास्त्रमा ६९ हजार ४१६ विद्यार्थी एनजी भएका छन् ।
विगत वर्षको तुलनामा नतिजा बढेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए । विगतका वर्षहरूमा गणित, विज्ञान र अंग्रेजी विषयमा धेरै विद्यार्थी फेल हुने गरेका थिए । त्यो क्रम अहिले पनि निरन्तर चलेको अध्यक्ष शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन
-
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
-
सहसचिव सरुवा : तीन उपमहानगरका प्रमुख कार्यकारी अधिकृत तानियो, नयाँ पठाइएन
-
भारतीय ऊर्जामन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना