एसईई नतिजा बाहिरिएकोबारे छानबिन हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले (एसईई) २०८० को नतिजा औपचारिक रूपमा सार्वजनिक नगर्दै समाचारमाध्यममा सार्वजनिक भएकोबारे छानबिन गर्ने भएको छ ।
बोर्डले नतिजा सार्वजनिक गर्दा बिहीबार बिहान पौने ११ बजेको थियो भने सवा नौ बजे नै नतिजाको मूल आशय र अङ्क सार्वजनिक भैसकेको बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले आन्तरिक छानबिन गरिने बताए ।
‘हामी यहाँ आउदा नतिजामा हस्ताक्षर गरेर आएका छौ । त्यसकारण नतिजा सार्वजनिक नभई बाहिरतिर मिडियामा नआउनुपर्ने पर्ने हो’, अध्यक्ष शर्माले भने, ‘कसरी आयो त्यस विषयमा हामी बोर्डले छलफल गरौँला ।’
यसबारेमा कहीँ कतै के भएको छ भन्ने बोर्डले छानबिन गर्ने अध्यक्ष शर्माको भनाइ छ । नतिजा सार्वजनिक कार्यक्रममा ननग्रेडेड घटेको र ग्रेडेड प्रतिशत बढेको बोर्डले जनाएको छ ।
नतिजा सार्वजनिक नभई बाहिरिएको विषयमा यसअघि पनि बोर्डले छानबिन गर्ने बताउँदै आएपनि छानबिन हुने गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी