टी-२० विश्वकप
अफगानिस्तानका ब्याटरको उच्च स्कोरभन्दा अतिरिक्त रन धेरै !
यस्ता छन् पहिलो सेमिफाइनल खेलमा बनेका ९ रेकर्ड
बिहीबार, १३ असार २०८१, ०९ : ४७

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।
दक्षिण अफ्रिकाले अफगानिस्तानको इनिङ्सलाई ५६ रनमा मात्र सिमित गरेको थियो । यसपछि ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ दशमलव ५ ओभरमा खेल जितेको थियो ।
यस खेलमा थुप्रै रोचक रेकर्डहरु बनेका छन् । यस्ता छन् केही रेकर्ड :
- १ – दक्षिण अफ्रिका पुरुष विश्वकप, एक दिवसीय वा टी–२०, को फाइनलमा पुगेको अवसर । यसअघि आईसीसी प्रतियोगिताको फाइनलमा दक्षिण अफ्रिका एकपटक मात्र पुगेको थियो । टोलीले सन् १९९८ को नकआउट ट्रफी हात पारेको थियो ।
- ८ – दक्षिण अफ्रिकाले लगातार जितेको खेलको सङ्ख्या । टी–२० विश्वकपमा मा कुनै पनि टोलीले हासिल गरेको लगातार जितको रेकर्डको बराबरी हो । यसअघि अस्ट्रेलिया पनि लगातार ८ वटा खेल जितेको थियो, ३ वटा सन् २०२२ को विश्वकपमा र सन् २०२४ मा ५ वटा । दक्षिण अफ्रिकाले टी–२० अन्तर्राष्ट्रियमा लगातार ८ वटा खेल जितेको पनि यो पहिलो अवसर हो । यसअघि टोलीले सन् २००९ र २०२१ को बिचमा लगातार ७ वटा खेल जितेको थियो ।
- ५६ – दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले बनाएको स्कोर । टी–२० अन्तर्राष्ट्रियमा उसको यो सबैभन्दा न्यून स्कोर हो । यसअघि सन् २०१४ को विश्वकपमा टोली बंगलादेशविरुद्ध ७२ रनमा अलआउट भएको थियो । टी–२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाविरुद्ध कुनै पनि टोलीले बनाएको यो सबैभन्दा न्यून स्कोर पनि हो । यसअघि यही विश्वकपका दौरान न्युयोर्कमा श्रीलंका दक्षिण अफ्रिकाविरुद्ध ७७ रनमा अलआउट भएको थियो ।
- १ – अफगानिस्तानले बनाएको ५६ रन कुनै पनि टोलीले टी–२० विश्वकपको नकआउटमा बनाएको सबैभन्दा न्यून स्कोर हो । यसअघि सन् २००९ को सेमिफाइनलमा वेस्ट इन्डिजले श्रीलंकाविरुद्ध र सन् २०१२ को फाइनलमा श्रीलंकाले वेस्ट इन्डिजविरुद्ध १ सय १ रन बनाएको थियो ।
- ६७ – दक्षिण अफ्रिकाले खेल जित्दा बाँकी रहेको बलको सङ्ख्या । टी–२० अन्तर्राष्ट्रियमा बल बाँकी रहेको सङ्ख्याको आधारमा उसको सबैभन्दा ठुलो जित हो । यसअघि सन् २००७ मा पाकिस्तानले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य टोलीले ५१ बल बाँकी छँदै पछ्याएको थियो ।
- २ – टी–२० विश्वकपको इनिङ्समा कुनै पनि ब्याट्सम्यानले बनाएको रनभन्दा अतिरिक्त रन धेरै बनेको अवसर । अफगानिस्तान ५६ रनमा अलआउट हुँदा टोलीले १३ रन अतिरिक्त रनका रूपमा पाएको थियो । जबकि उसका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाएका थिए । दोहोरो अङ्कमा रन बनाउने उनी एक्लो ब्याटर थिए । यसअघि सन् २०१० मा वेस्ट इन्डिजविरुद्ध आयरल्यान्ड ६९ रनमा आउट हुँदा पनि यस्तै भएको थियो ।
- १७ – फजलहक फारुकीले यो विश्वकपमा लिएको विकेटको सङ्ख्या । कुनै पनि टी–२० विश्वकपको एकै संस्करणमा कुनै पनि बलरले लिएको सर्वाधिक विकेट हो । यसअघि सन् २०२१ मा वानिन्दु हसरंगाले १६ विकेट लिएका थिए । फारुकीले पावरप्लेमा मात्रै १० विकेट लिए । टी–२० विश्वकपमा कुनै पनि बलर दोस्रोपटक यस्तो उपलब्धि हासिल गरेको हो । यसअघि सन् २०१० मा डर्क नानेसले पनि पावरप्लेमा १० विकेट लिएका थिए ।
- ५–० – अफगानिस्तानविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको रेकर्ड । यसअघि दुई टोली चारपटक विश्वकपमा नै भिडेका थिए, सन् २०१० र १०१६ को टी–२० विश्वकप र सन् २०१९ र २०२३ को एकदिवसीय विश्वकप ।
अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा सामना गरेका २२ वटा टोलीमध्ये उसले दक्षिण अफ्रिका, भारत र नेपाललाई मात्र हराउन सकेको छैन ।
- ४ – टी–२० विश्वकपमा मोहम्मद नाबी शून्य रनमा आउट भएको अवसर । प्रतियोगितामा कुनै पनि अफगान खेलाडी शून्य रनमा आउट भएको यो सबैभन्दा धेरै पटक हो । यसअघि गुलबदिन नाइब ३ पटक शून्य रनमा आउट भएका थिए । टी–२० अन्तर्राष्ट्रियमा पनि उनी सबैभन्दा धेरै ८ पटक शून्य रनमा आउट भएका छन् । उनले रासिद खान (७ पटक) लाई उछिनेका छन् ।
ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
हरायो चेन्नईको चमक, लगातार चौथो हार
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा