भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनल प्रवेश

काठमाडौँ । भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत आज भएको खेलमा मेक्सिकोमाथि १–० गोल अन्तरको जित दर्ता गर्दै भेनेजुएलाले अन्तिम ८ मा स्थान बनाएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा बल नियन्त्रण मेक्सिकोले बढी राखे पनि गोल गर्न असफल भयो । ५५ औँ मिनेटमा मेक्सिकोका जुलियनले फल गरेपछि भेनेजुएलाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई ५७ औँ मिनेटमा सालमन रोनडनले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए ।
८३ औँ मिनेटमा भेनेजुएलाका मिगुएल नाभारोले फल गरेपछि भारले चेक गरेर मेक्सिकोलाई पेनाल्टीको अवसर दिइएको थियो ।
तर, ८७ औँ मिनेटमा गरेको पेनाल्टी प्रहार मिस भयो । मेक्सिोका ओरविलन पेनेडाले प्रहार गरेको पेनाल्टी खेर गएको थियो । त्यसपछि खेलमा मेक्सिको फर्कन सकेन र अन्ततः भेनेजुएला १–० को जितका साथ तालिकामा ६ अङ्क बनाउँदै शीर्ष स्थानमा उक्लियो । समूह चरणको अन्तिम खेलमा भेनेजुएलाले जमैकासँग खेल्दा मेक्सिकोले इक्वेडरसँग खेल्ने छ ।
त्यसअघि आजै भएको अर्को खेलमा इक्वेडरले पहिलो जित निकालेको थियो । इक्वेडरले जमैकामाथि ३–१ गोल अन्तरको जित दर्ता गरेको हो ।
इक्वेडरले जित निकाल्दा अग्रता भने उपहार गोलबाट लिएको थियो । जमैकाका केसइ पालमरले आफ्नै पोस्टमा १३ औँ मिनेटमा गोल गरेपछि इक्वेडरले अग्रता लिएका थिए ।
पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा रे केन्ड्रे पेइजले गोल गरेपछि इक्वेडर २–० को सहज अवस्थामा पुगेको थियो ।
५४ औँ मिनटमा मिचेल एन्टोनियाले जमैका लागि एक गोल फर्काए । तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलन स्टेभ गार्सियाले गोल गरेपछि इक्वेडर ३–१ को जितसहित ३ अङ्क लिन सफल भयो । जमैकाको भने यो लगातार दोस्रो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध