सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिलो पटक युरोकपमा सहभागी जर्जियासँग हार्‍यो पोर्चुगल

बिहीबार, १३ असार २०८१, ०९ : ०३
बिहीबार, १३ असार २०८१

काठमाडौँ । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहीबार बिहान भएको खेलमा पोर्चुगल २–० गोलले पराजित भएको हो । तर पराजित भए पनि पोर्चुगल समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

पोर्चुगल र टर्की समान ६–६ अङ्क भएको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले टोलीमा आफ्नो दोस्रो रोजाइका खेलाडी अवसर दिएका थिए । जारी युरोकपमा गोलको खाता खोल्न नसकेका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा मैदान उतारे ।

खेलको दोस्रो मिनेटमा नेपोलीका विंगर क्विचा गोल गर्दै जर्जियालाई अग्रता दिलाए । पहिलो हाफमा एक शून्यले पछि परेको पोर्चुगलले दोस्रो हाफमा थप एक गोल खान पुगेको थियो ।

५७औँ मिनेटमा जर्जियाले पेनाल्टीको अवसर पायो । पोर्चुगलका सिल्भाले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई मिकाउताद्जेले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए ।

यही समूहको अर्को खेलमा टर्कीले चेक रिप्ब्लिकलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

पहिलो पटक युरोमा सहभागी भएको जर्जिया ४ अङ्कका साथ अन्तिम १६ मा प्रवेश गर्‍यो । यता, १ अङ्क जोडेको चेकरिपब्लिक भने बाहिरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप