शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने

बिहीबार, १३ असार २०८१, ०६ : ३४
बिहीबार, १३ असार २०८१

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउनेछन् । 

त्यस्तै राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले  ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ । 

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ । 

r34566

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप