शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बिहीबार, १३ असार २०८१, ०६ : १९
बिहीबार, १३ असार २०८१

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।  बिहान ११ बजे बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । 

त्यस्तै सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ । 

मन्त्री तामाङले नै ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

3535

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप