रोमानिया समूह विजेता, बेल्जियम र स्लोभाकिया पनि अन्तिम १६ मा
बिहीबार, १३ असार २०८१, ०० : ००

काठमाडौँ । स्लोभाकियासँग बराबरी खेल्दै रोमानिया समूह ईको विजेता बन्दै युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्लोभाकिया पनि उत्कृष्ट तेस्रो टोली बन्दै अर्को चरणमा पुग्न सफल भएको हो ।
फ्रांकफर्टमा भएको रोमाञ्चक खेल १–१ को बराबरीमा टुङ्गियो । ओन्ड्रेज डुडाले २४ औँ मिनेटमा गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए । तर, ३७ औँ मिनेटमा राजभान मरिनले गोल गरेपछि खेल बराबरीमा टुङ्गियो ।
उता, समूहको अन्य खेलमा बेल्जियम र युक्रेनले पनि गोलरहित बराबरी खेले । दुवै खेल बराबरीमा सकिएपछि सबै टोलीले ४–४ अङ्क बटुल्दै समूह चरणको खेल सकियो ।
समान अङ्क भए पनि रोमानिया शीर्ष स्थानमा रह्यो भने बेल्जियम दोस्रो र स्लोभाकिया तेस्रो स्थानमा कायम रह्यो । चौथो स्थानमा रहेको युक्रेनको समान अङ्क भए पनि गोल अन्तरको आधारमा प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा : सांसद राणा
-
इराकको जनसङ्ख्या ४ करोड ६१ लाख
-
राजेन्द्र महतोको राजनीतिक प्रतिवेदन : ‘एमाले नवपुँजीवादमा फस्यो, कांग्रेस विपक्षी शक्ति’
-
रवि मुछिएको सहकारी ठगीबारे एमाले–रास्वपाबिच प्रतिनिधिसभामा घोचपेच
-
बिहान कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?
-
पोखरा महानगरको भ्याकेट निवेदन : अब फेवाताल किनारमा कुनै कार्यक्रम हुँदैन ?