फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
बुधबार, १२ असार २०८१, २२ : ४४

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालत वीरगन्जले अल्पकालीन आदेश जारी गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोबारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
फतुवा बिजयपुर १ का बिजयकुमार यादव समेतले दिएको निवेदनपछि उच्च अदालतका जिल्ला न्यायाधीश भरतप्रसाद लम्सालको इजलाशले उक्त अल्पकालीन आदेश जारी गरेको छ ।
न्यायाधीश लम्सालको ३ नम्बर इजलासमा वरिष्ठ अधिवक्ता इन्द्रदेव प्रसाद चौधरी र अधिवक्ता विशाल चौधरिले बहस गरेका थिए।
फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान मिलेमतो गरी कार्यालयको सट्टा चन्द्रनिगापुरमा बसेर जथाभावी चेक काटी रहेको वडा अध्यक्षहरूले आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
लोसपा रौतहटको संयोजकमा भरत साह
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा