रास्वपाका महामन्त्रीले बुझाए सभापतिलाई प्रतिवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले सभापति रवि लामिछानेलाई पार्टीको वर्तमान अवस्थाबारे विषय समेटिएको प्रतिवेदन बुझाएका छन् ।
उपनिर्वाचनपछि देशका विभिन्न क्षेत्रमा पुगेर पार्टीको अवस्थाबारे बुझेका उनले आफूले अनुभूति गरेका विषयलाई समेटेर प्रतिवेदन तयार गरी गृहमन्त्री समेत रहेका सभापति लामिछानेलाई बुधबार हस्तान्तरण गरेका हुन् ।
जेठ ६ गते पार्टीको केन्द्रीय कार्यालय घण्टीघरबाट शुरू गरेको आफ्नो ‘समीक्षा यात्रा’ का क्रममा ३८ वटा जिल्ला पुगेर २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरिएको उनले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
‘महलदेखि जङ्गलसम्म बस्ने जनतासँग भेटी, हिमाल, पहाड, मधेस, तराईका सुगमदेखि दुर्गमका बस्ती पुगी, ८० किलोमिटर पैदल यात्रा र ४२१६ किलोमिटर सडक यात्रा गर्दै, कतै पिच सडक, कहिले भर्खरै ट्रयाक खोलिएका सडक हुँदै अन्त्यमा सुरूङ् मार्गबाट काठमाडौं प्रवेश गर्दै असार ५ गते, घण्टीघर काठमाडौँ आइपुगेर यात्रा समापन गरें,’ उनले उक्त समीक्षा यात्राको प्रतिवेदन पेश गर्दै सभापितलाई पत्रमार्फत जानकारी गराएका छन् ।
उनले यो प्रतिवेदन पार्टीले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुकासाथै पार्टीले लिन पर्ने दिशाका सम्बन्धमा मार्गदर्शन समेत गर्ने आफ्नो विश्वास रहेको बताए । उनले यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ प्रस्तुत गरिनुपर्नेमा पनि जोड दिएका छन् ।
उनले प्रतिवेदन पेश गर्ने क्रममा लेखेको पत्रमा भनिएको छ, ‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो। मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइन। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ। मेरो पनि राजनीतिक अधिकार हो।’
११.३ लाख जनता जसले घण्टीमा भोट हाले उनीहरुले पनि प्रतिवेदन थाहा पउनुपर्ने उनको धारणा छ । उनले प्रतिवेदन सार्वजनिक नगरिए आफूमाथि पार्टीले गरेको अन्याय हुने भन्दै आफूमाथि न्याय गर्न अनुरोध गरिएको छ । प्रतिवेदनमा उनले यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने विश्लेषण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने