असार १६ गतेदेखि निकुञ्ज सफारी बन्द हुने
बुधबार, १२ असार २०८१, २१ : ०३

चितवन । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाउन लागिएको बताए ।
निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएकामा यस वर्ष अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गर्न लागिएको पुर्जा पुनले जानकारी दिए ।
निकुञ्जभित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती, जिप, पैदल सफारी गर्नेसक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय टोलीले विशेष सुविधा पाएको विभिन्न राष्ट्रका क्रिकेटरको आरोप
-
महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ गरियो (तस्बिरहरू)
-
भूमि सम्बन्धी अध्यादेशमा एकमत छैनन् मधेस केन्द्रित दल
-
नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली
-
मधेसको शिक्षाबारे प्रचण्डलाई गराइयो ध्यानाकर्षण
-
निर्माण क्षेत्रमा मुलुकलाई ‘आत्मनिर्भर’ बनाउन सघाउँदै एनएस इन्जिनियरिङ