शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

मन्त्रीहरूको बढुवा र घटुवा गर्न सांसद गोसाईंको माग

बुधबार, १२ असार २०८१, १९ : २१
बुधबार, १२ असार २०८१

हेटौंडा । नेमकीपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले मन्त्रीहरूको बढुवा र घटुवा गर्न माग गरेका छन् । उनले प्रदेश सरकारको बजेटलाई जिल्ला र क्षेत्र केन्द्रित गरेर विनियोजन गरेको भन्दै उनीहरूको बढुवा वा घटुवा गर्न माग गरेका हुन् ।

बुधबार बसेको प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा असन्तुष्टि व्यक्त गर्दै बजेटलाई सांसद र मन्त्रीको मत अनुसारको अंकमा वितरण गर्न आग्रह गरे । सजिलो उपाय खोजेर दल र जातीय रूपमा बजेट विनियोजन गरेर अघि बढ्न उनले सरकारलाई चेतावनी दिए ।

‘जिल्ला हरेर बजेट विनियोजन गर्ने मन्त्रीहरूलाई जिल्ला समन्वय समितिको प्रमुख बनाए हुन्छ । क्षेत्र हेर्ने मन्त्रीहरूलाई वडा सदस्यमा बढुवा वा घटुवा गर्ने हो गरौँ । मननीयहरुको मत अनुसारको बजेट दिएर पठाऔँ । धेरै र थोरै मत ल्याउनेहरूलाई सोही अनुसार बजेट विनियोजन गरौँ । सजिलो उपाए खोजेर दल र जातका आधारमा बजेट बाँडौँ,’ उनले भने, ‘बजेटमा यो खालको बेथिति र विसंगतिलाई धेरै अघि लानु हुँदैन । मन्त्री र सरकारले दिने सांसदले माग्ने प्रथाको अन्त्य हुनुपर्छ होइन भने प्रदेशको अस्थित्व रहने छैन ।’

उनले समाजवाद भनेको विभेद रहित, शोषण रहित, सुसंस्कृत समाजको निर्माण गर्नु रहेको बताए । पछिल्लो समय नेतृत्वले समाजवादलाई फरक व्याख्या गर्दै अर्को मोडमा लगिरहेको उनको भनाई । उनले बजेटमा थुप्रै चुहावट रहेको र बजेटमा घुमाएर गरिने बेहिमानीको अन्त्य हुन नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप