शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

संघीयता कार्यान्वयनमा चुनौती छ : सांसद देवकोटा

बुधबार, १२ असार २०८१, १८ : ०६
बुधबार, १२ असार २०८१

हेटौंडा । बागमती प्रदेश सभाका सदस्य डा. दिनेशचन्द्र देवकोटाले संघीयता कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । उनले प्रदेश सरकारको गतिविधि र क्रियाकलापले हुर्कँदै गरेको संघीयतामाथि चुनौती थपिदिएको बताएका हुन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसद देवकोटाले सरकारका ७ मन्त्रालय र थप निकायहरूको बजेट ३÷४ घण्टामा सक्न खोज्नु उपयुक्त नभएको बताए । संसद्को भूमिकामाथि सरकारले सीमा निर्धारण गरेर हस्तक्षेप गर्न नहुने उनले टिप्पणी गरे ।

‘अहिले सभामुखसँग रहेको कार्यव्यवस्था समिति, सभामुखले ८ वटा मन्त्रालयलाई लगेर ३÷४ घण्टामा सक्ने गरी अझ हामीले भन्ने हो भने मुख्यमन्त्री र मन्त्रिपरिषद्को, प्रदेश सभा सचिवालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति आयोग र महान्यायाधिवक्ता कार्यालयको छलफल गर्न खोजिरहेको छ । यो कर्मकाण्डी छलफल गर्नेबाट संघीयता चुनौतीमा छ,’ उनले भने ।

उनले विचार विमर्श गर्न पर्याप्त समय उपलब्ध गराउनु पर्ने बताए ।  बजेटको सन्दर्भमा कार्यशैली, कार्यक्षमता, अभिवृद्धिमा सरकारले चिन्तन गर्नुको साटो आफ्नो क्षेत्र केन्द्रित भएको उनको आरोप छ । उनले दलका नेताहरू कुना÷कुनामा बसेर बजेट आ–आफ्नो क्षेत्रमा लैजाने काम भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप