केजरीवाल जेलबाहिर आउन नदिन सारा संयन्त्र लागेको छः केजरीवालपत्नी सुनिता
बुधबार, १२ असार २०८१, १७ : ३८

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले औपचारिक रूपमा पक्राउ गरेको छ ।
दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा सीबीआईले उनलाई पक्राउ गरेको हो । सीबीआईले केजरीवाललाई हिरासतमा राख्न माग गर्न सक्ने अनुमानहरू भइरहेका छन् । यसबारे केजरीवालकी पत्नी सुनिताले सामाजिक सञ्जालमा ट्वीट गरेकी छिन् ।
‘जुन २० मा अरविन्द केजरीवालले जमानत पाएका थिए । ईडीले तुरुन्तै यसमा रोक लगायो । त्यसको भोलिपल्ट सीबीआईले उनलाई अभियुक्त बनायो र आज पक्राउ गर्याे,’ पोष्टमा उनले लेखेकी छिन् ।
पूरै संयन्त्र केजरीवाल जेलबाट बाहिर नआओस् भन्ने सुनिश्चित गर्ने प्रयासमा लागेको भन्दै सुनिताले यो कानून नभएर तानाशाही र संकटकाल भएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
कम बजेटमै जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्छौँ : मुख्यमन्त्री आचार्य
-
गाजा–इजरायलबीच नयाँ युद्धविराम योजना प्रस्ताव
-
कक्षा १२ को परीक्षा सर्यो
-
एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : लिङ्देन