प्रतिपक्ष र सत्तापक्षबिच कुरा नमिल्दा बस्न सकेन कर्णाली प्रदेशसभा बैठक

सुर्खेत । बजेटको विषयलाई लिएर सत्ता र प्रतिपक्ष दलहरुबिच टसल हुँदा प्रदेशसभा बैठक प्रभावित बनेको छ । बुधबार (आज) दिउँसो तीन बजेटका लागि बोलाइएको प्रदेशसभा बैठक दलहरुबिच कुरा नमिल्दा बस्न नसकेको हो ।
यसअघि बुधबार र बिहीबार कांग्रेसले सदन अवरुद्ध गरेको थियो । बिहीबार सभामुख नन्दा गुरुङले प्रदेशसभा बैठकको कारबाही प्रारम्भ नगर्दै कांग्रेस सांसदहरूले बाहिरिएका थिए ।
मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसको उक्त गतिविधिलाई संसदीय इतिहासको नयाँ अभ्यासका रूपमा चर्चा गरेका छन् । कांग्रेसले बिहीबारको बैठक बहिष्कार गरेपछि सभामुख गुरुङले प्रदेशसभा बैठक असार १२ गतेसम्मका लागि स्थगित गरेकी थिइन् ।
यद्यपि सत्ता र प्रतिपक्षबिच समझदारी नहुँदा बैठक बस्न नसकेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले रातोपाटीलाई जानकारी दिए । यद्यपि अहिले सर्वदलीय बैठक भने बसिरहेको छ । बजेटप्रति प्रतिपक्ष मात्रै हैन सत्तापक्षका अधिकांश सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध