सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
विवादमा कलाकार

स्वस्तिमा र साम्राज्ञीको अशोभनीय अभिव्यक्ति प्रकरणमा बोल्यो चलचित्र कलाकार संघ

बुधबार, १२ असार २०८१, १७ : १७
बुधबार, १२ असार २०८१

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अशोभनीय अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  संघका अध्यक्ष मोहन निरौलाले बुधबार जारी गरेको विज्ञप्तिमा हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुती र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति संघको ध्यानाकर्षण भएको उल्लेख छ । 

‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्याय संगत ठहर्दैन र हुँदैन पनि ।’

संघले आफ्ना सदस्य कलाकारहरुलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ। भर्खरै मात्र जेष्ठ २९ गते कलाकार र आम संचार विषयक विचार गोष्ठी संचालन गरेको हामी स्मरण गराउन संघले गराएको छ । 

यसभन्दा अघि पनि केही कलाकारहरुले सामाजिक मर्यादा विपरित अनुशासन विपरित आचार संहिता पालन नगरी अभिव्यक्ती दिएकोमा सचेत गराइएको संघले जनाएको छ ।  अहिलेको सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ती नगर्न अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप