रास्वपा महामन्त्रीको प्रतिवेदन : पार्टी विवेकशीलजस्तो बन्ने खतरा, बालेनसँग मिल्नु ठीक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार पारेका छन् । उपनिर्वाचनलगत्तै देशका विभिन्न क्षेत्रमा घुमेपछि उनले तयार गरेको प्रतिवेदनमा उनले पार्टीकोे जनमत कमजोर बनिरहेको भन्दै यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने विश्लेषण गरेका छन् ।
सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको भन्दै उनले पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको जिकिर गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको समेत उल्लेख गरेका छन् ।
आफूले तयार गरेको प्रतिवेदन बुधबार नै पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरेको उनले बताए । महामन्त्री ढकालले भागवत गीतालाई आफूले सधैँ मानेको र श्रीकृष्णको वचनलाई सधैं टेरेको भन्दै गीताको प्रसंगलाई पनि उल्लेख गरेका छन् ।
त्यहाँ श्रीकृष्णले नभन्नु भने पनि आफूले पार्टीलाई जन्मदाताकै रूपमा लिएको र नेपाली जनताको आशाको रूपमा पार्टी रहेकाले समयमै विषय उठाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ