४ जिल्लामा भारी वर्षा, चेतावनी जारी
काठमाडौँ । देशका ४ जिल्लामा बुधबार भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, चितवन, झापा र कास्कीमा भारी वर्षा भएको हो ।
महाशाखाको बुधबार साढे ३ बजेको अध्यावधिक विवरणअनुसार पाल्पाको बल्ड्याङ्दी स्टेनसनमा गरिएको रेकर्ड अनुसार पछिल्लो १२ घण्टामा १२६.८ मिलिमिटर वर्षा भएको छ ।
यस्तै कल्याणपुर स्टेनमा १६०.६, चितवनको गोविन्द बस्ती र चर्चरे स्टेसनमा गरिएको रेकर्डअनुसार पछिल्लो १२ घण्टामा क्रमशः १५५.८ र १२४ मिलिमिटर वर्ष भएको छ ।
यस्तै झापाको केचनकबलमा १२६.४ र कास्कीको लामापाटनमा ६७.४ मिलिमिटर वर्षा भएको छ । ती स्थानमा चेतावनी जारी गर्दै सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । अन्य स्थानमा भने खतराको लेबलभन्दा कम वर्ष भएको छ ।
यसैबिच सुनसरी जिल्लास्थित सुनसरी खोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहभन्दा माथि रहेको भन्दै साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’